Nepali Sad Sayari - SK Media

Post Top Ad

nepali sad shayari 2019 nepali sad shayari status nepali sad shayari photo nepali sad shayari wallpaper nepali sad shayari photo download nepali sad shayari about life nepali sad shayari download nepali sad shayari in nepali language nepali sad shayari mero maya nepali sad shayari apps download nepali sad shayari for boyfriend best nepali sad shayari nepali breakup sad shayari nepali sad shayari apps com nepali sad love shayari nepali sad shayari.com nepali sad shayari wallpaper download nepali sad shayari video download dhoka nepali sad shayari nepali sad shayari english nepali sad love shayari for girlfriend nepali sad shayari facebook sad shayari love for nepali nepali sad shayari girl nepali sad ghazal shayari nepali sad gazal nepali sad shayari in hindi nepali sad shayari maya ta maya ho nepali hot sad shayari nepali sad heart touching shayari nepali sad shayari image nepali sad love shayari image nepali sad shayari lyrics nepali shayari sad life new nepali sad love shayari nepali sad love story shayari nepali 2 line sad shayari new nepali sad shayari new nepali sad shayari photo sad shayari of nepali nepali sad romantic shayari nepali so sad shayari nepali shayari sad shayari nepali shayari very sad very sad shayari nepali nepali sad shayari with image www.nepali sad shayari.com zindagi shayari sad nepali nepali sad shayari 2016
NEPALI SAD SAYARI

NEPALI SAD SAYARI


रमाइला यस्तै यस्तै, दिन हुँदैन र ?
आज जस्तै भोलि पनि, किन हुँदैन र ?

अरुले त फूल दिए, पत्रै पनि दिए !
मैले मेरो जोबन दिन्छु, लिन हुँदैन र ?

दुर यात्रा गर्ने बाचा, तोड्छु भन्छौ अरे !
टुटाइ जाँदा जीवन गति, हीन हुँदैन र ?

संसार रुपि तिम्रो दिलमा, सबै अटाउँदा !
मेरा लागि एकै टुक्रा, जमीन हुँदैन र ?

म तिम्रो कुरा सुनेर दुनियाँ भुलिदिन्थे ….
तिमिले दुनियाँ को कुरा सुनेर मलाई भुलिदियौ…

गुमाउनु भन्दा पाउनुछ तिमीलाई
अरुको हुनु भन्दा आफ्नो बनाउनुछ तिमीलाई
कहिँ कतै हराउछौ कि भन्ने डरले
यो मनमा बाधेर राख्नुछ तिमीलाई…!!

यो सम्झिने मन छ,
म बिर्सु कसरी।
तिमी नै भनिदेउ हे
जाने निस्ठुरी।

तिमी मलाई बिर्सिन्छौ भने
मलाई कुनै गुनासो छैन
तर,म पनि अर्की पट्याउछु,
दुनियामा केटीको कमि छैन |

भूलने छैना तिमि लाई लाखो पटक मरे पनि
सम्झि रहन्छु तिमी लाई बिस्वास घात गरे पनि

बोलेको छु मिठो वोली पाप छैन जिन्दगीमा
माया प्रिती लाउन कर काप छैन जिन्दगीमा
भिख मागी हीड्दा तिमी मजाक उडाउंथ्यौ
अव आशा मारेको छु स्राप छैन जिन्दगीमा।



तपाइलाई मुटु मा सजाइ रहेकछु
र संसार सारा भुलि बसेको छु
तपाईलाई मोरे नजर न लागोस भनेर
म आफनो नजर झुकाएर हेरी रहेको छु|

ऊ हाँस्दाहाँस्दै रोएको कस्ले देख्यो र
भिजेको सिरानी छोएको कस्ले देख्यो र
रातसङ्गै बातबातमा बिन्ती बिसाउँदा
भिजेका परेली धोएको कस्ले देख्यो र।

मुटुलाई मुटुकाे दबाब बारबार पठाकी छु
प्रेमको प्रतीक गुलाफ उपहार पठाकी छु
यसपाली डाेली ल्याउला कि नल्याउला उस्ले?
लगनकाे महिना अायाे भनि समाचार पठाकी छु!

तिम्रो लागी आँधीलाई मोड्न सक्छु पारो
चुम्बकका समान ध्रुव जोड्न सक्छु पारो
बिर्सिएर पनि कहिल्यै नभन्नु सराव छोड्न
बदलामा तिमीलाई नै छोड्न सक्छु पारो

जुनकिरीले जूनको चाहना पूरा गर्ने भए,
पित्तलले सुनको चाहना पूरा गर्ने भए,
किन मैले रुँदैरुँदै एक्लै ज्यूँथेँ होला
पराईले उनको चाहना पूरा गर्ने भए ।

म त माया लगाएर एक्लो भएकोछु
उस्लाई आफ्नो बनाएर एक्लो भएकोछु ।

सजिलो नै थियो म एक्लै हिडदा बरु
हात उस्को समाएर एक्लो भएकोछु ।

अाफ्नै भन्नेले डसेका छन् दिलमा
बैरिजति सबै बसेका छन् दिलमा
जोडि नाता बनाइ बाहाना अनेक
बोकेर स्वार्थ पसेका छन् दिलमा|

मनमा भएको माया ओठले इन्कार गरिरहें
तिमीले पहिले भन्छौ भनी इन्तजार गरिरहें
कसले के भन्ला के सोच्लासम्म पर्वाह नगरि
मैले एकोहोरो तिमीलाई मात्रै प्यार गरिरहें ।।



सुन्दा सबैलाई घत नहुन सक्छ ।
दिल कसैको जफत नहुन सक्छ ।
सबै तिमी नै तिमिले भरिएको छ ,
मेरो मुटुमा नै रगत नहुन सक्छ ।

बैगुनिले घात गर्ला सोच्दै सोचिएन
आज यति असर पर्ला सोच्दै सोचिएन
बिश्वास गरि मन मुटु नदिनु थियो उस्लाई
आँखाबाट आँसु झर्ला सोच्दै सोचिएन।

ऊ फूल नसम्झिनु म काँडा नसम्झिनु
बिर्सिएर पनि मलाई टाढा नसम्झिनु
खराब छ जमाना खराब छन् मान्छे
कसैले गुलाफ दिए माया नसम्झिनु

तिमी जिन्दगी तिमी नै प्यार बनिदिनु
सम्झना बनिदिनु उस्तै यादगार बनिदिनु
जिन्दगीको हरेक मोडमा साथ दिने गरेर
तिमी यो दिलको स्थायी सरकार बनिदिनु ।

सगैं बसि ताराहरू गन्न मन लाछ
तिमी संग मनको कुरा भन्न मन लाछ
रहर सजाउन त पाइन्छ होला नि ?
साच्चै मलाई तिम्रो मान्छे बन्न मन लाछ|

समस्याको हल गरेर मात्र हुन्न माया
त्याग हुनुपर्छ अनि समर्पण हुनुपर्छ
गल लाएर बल गरेर मात्र हुन्न माया।

सुरुमा नजरबाटै बोलचाल गरी जान्छन्
चुम्बन गर्छन् सँगै अङ्कमाल गरी जान्छन्
प्रेममा जात भातको कुरा हुन्न भन्नेले नै अक्सर
हैसियत र अौकातका सवाल गरी जान्छन् ।



केहि भन्नु र गर्नुमा फरक हुने रैछ
जस्तो कि बाँच्नु र मर्नुमा फरक हुने रैछ
खुसीले नयन भरिनु राम्रो कुरा होला
तर पीडाले आँसु झर्नुमा फरक हुने रैछ ।।

गर्धन माथी खुँडा चलाउ फरक पर्दैन!
मलाम डाक चिता बनाउ फरक पर्दैन!
म तिम्रो नजरमा केवल ज्यूँदो लास हुँ,
निर्धक्क भइ आगो लगाउ फरक पर्दैन!


एउटा घर बनाउँ आज, दिलको घडेरीमा
गरौंला नि हामी राज, दिलको घडेरीमा
दु:ख साटौं सुख साटौं प्रेमको छानो मुनि,
नबन्ने है चल्लो बाज, दिलको घडेरीमा

धोकेबाजहरुको धोका पाएर काम्दै-काम्दै आएँ,
टिलपिलाए परेलिका डिलहरु थाम्दै-थाम्दै आएँ!
प्रेमले आँखा अन्धा र मुटु छिया-छिया भयो,
असह्य पीडा बोकि जिन्दगी छाम्दै-छाम्दै आएँ!!

छातीभित्र कन्तुर छ, केही छ कन्तुरभित्र
नसोध मुटु कहाँ छ, त्यहीँ छ कन्तुरभित्र
सतायो धेरै मलाई, अझ धेरै तिमीलाई
थुनिएको त्यो जहाँ छ, सही छ कन्तुरभित्र

पक्कै पनि ठुलै कुरा लुकाएको हुनुपर्छ
चोलि तुना अरुसँगै फुकाएको हुनुपर्छ।
यता गर्ने व्यवहार ,फरक देख्न थालेको छु,
रंगलीला गरि ओठमुख, सुकाएको हुनुपर्छ।

दुईमा दुई जोडि ‘तिन’ ल्याएर देखाउ !
सधैभरी उज्याला ती ‘दिन’ ल्याएर देखाउ !!
मन नै सबै भन्दा ठुलो भन्दै गफ दिनेहरु हो
सक्छौ,मुटु धितो राखी ‘ऋण’ ल्याएर देखाउ !!

ऊ दुलहा म दुलही माहोल झक्कास भयो।
त्यो समय हाम्रै थियो,एकदम खास भयो।
रहस्यको बिषय जो बनेको थियो हाम्रो प्रेम,
भयो केही अन्तरालमा आज पर्दाफास भयो।



फुल थिएँ बास्ना बिहिन सुगन्ध थपिदियौ
इन्द्रेणीलाई झैं रंगहरु मन्दमन्द थपिदियौ
कल्पना गर्थें मेरो भविस्य कस्तो हुने होला
सोचेजस्तै भएर तिमीले आनन्द थपिदियौ ।।

सधै आफैजस्तो बने फरक नपर्ला
कहिलेकाही गर्दा सम्झने फरक नपर्ला
अरुले तिम्रो बारे खोजिनिधी गरिरहँदा
मुटुमै बसेका छौ भनेंभने फरक नपर्ला ।

जितको प्रमाण हुदाहुदै हार भएपछि॥
जताततै पक्षपातको ब्यापार भएपछि॥
आँशुहरूको राजस्व बुझाउदै छु म।
पिडा र चोटहरूको सरकार भएपछि।

त्यति राम्रो उनको मुहार चुम्यो अरुले नै
उनको मनको फूलबारी घुम्यो अरुले नै
म अभागी हेर्दै बसें आफ्नै रित्तो हात
हिउंगोरिको मीठो बास्ना सुम्यो अरुले नै।

कोहि हास्नु वा रुनुले फरक पर्दैन जिन्दगीमा
अरु हुनु वा नहुनुले फरक पर्दैन जिन्दगीमा
तिमी पशुपतिको पारसमणी, म भुइको धुलो
कसैले छुनु वा नछुनुले फरक पर्दैन जिन्दगीमा ।

छ आशा तिमीमा, भरोसा तिमीमा ।
तिमी प्राण भर्छौ ,मेरो बाँसुरीमा ।।
हरे ! कृष्ण भज्दै , शरणमा म आएँ-
म तिम्रो चरणमा ,तिमी ढुकढुकीमा ।



ती अाँखाकाे नानीमा घरजम गरिन्छ
बैसालु त्याे जवानीमा घरमज गरिन्छ
दिल नै त चाेरेकी हुँ कारबाही गरे गर
तिम्रै मनकाे राजधानीमा घरजम गरिन्छ|

उसले त केबल एकचोटि पानीमा मेरो नाम लेखेर भुलिगई।
तर मचाहिँ आजसम्म पनि आँखामा पूरा समुन्द्र लिएर हिँडिरहेँ!

नजर हरपल तिम्रो पछि भागेर उत्पात भाथ्यो
निदाएका सारा चाहना जागेर उत्पात भाथ्यो
दिनभर हराउनेलाई यो कसले भनिदेला र खै ?
आफुलाई यहाँ बोल्न मन लागेर उत्पात भाथ्यो।

मनले चाह्यो मन परायो ख्यालख्यालैमा
मनले भेट्यो, मन हरायो ख्यालख्यालैमा
हिजोसम्मको अन्जान अपरिचितलाई पनि
धड्कनले नै आफ्नो गरायो ख्यालख्यालैमा ।।

पिडाहरु लेख्नसक्ने कलम कसले बनायो
चोटलाग्दा लगाउने मलम कसले बनायो
मानवता मेटीँदैछ मानवहरुबाटै अचेल
एउटालाई दुख्दा अरु हाँस्ने चलन कसले बनायो

रहर छ मलाई तिम्रो सामु चरी बनेर आउन
दुलहीको भेषमा सजिएर परी बनेर आउन
कहिले म कहिले तिमी अघिपछि गर्दै प्यारा
बे’को जग्गेमा तिमीसितै सरोबरी बनेर आउन ।

बेचैन भइदिन्छ मन दुरि बढ्दा
याद आउँछ झनझन दुरि बढ्दा
तिमीलाई आँखा सामु देख्ने जिद्दीले
नियन्त्रणमै हुन्न धड्कन दुरि बढ्दा ।।

कहिले घुर्कि कहिले त प्यार चल्छ भने
जित्नैपर्छ मलाई तिम्लाई हार चल्छ भने
तिम्रै लागी बाँचिदिउला मरिदिउला पनि
मायाले नै यसैगरी यो संसार चल्छ भने |



अलिनो यो जिन्दगीमा नुनको कमि छ
औशी जस्तो रात भो जूनको कमि छ
टोलाईरहन्छ लोलाईरहन्छ यो मन
आधा छु अपुरो छु बस उनको कमि छ

अरुलाई देख्दा तिम्रो याद आउने पल नआओस्,
तिमीलाई सम्झी फेरी आँखाहरु रसाउने पल नआओस्,
तिमी जहाँ भएपनि तिम्रा खुशी तिम्रो सर्बोपरी होउन्,
दु:खी छौ भन्ने सुनी पश्चताप गर्ने पल नआओस्।

जस्लाई आफ्नो सम्झे पनि त्यस्तै रै’छ
सुखमा जिबनभर साथ दिन्छु भने पनि दुख पर्दा त्यस्तै रैछ
अब यो मन पथर भइसकेको छ, पगाल्न नखोज
जति तिम्रै हु म भने पनि आखिरीमा एक्लै हुनु पर्ने रैछ
बुझ्नेलाई भनिरहनु पर्दैन आफै बुझ्दो रैछ
बुझि बुझि नबुझेझै गर्नेलाई बुझाउन झनै गाह्रो रैछ।।

फूलै फूलको मधुमास वासन्ती बहार दियौ
जीवनमा कहिले नविर्सने मिठो प्यार दियौ
रंगमञ्चमा र मेरा हरेक दु:ख सुखमा सधैं
माया मधुर मुस्कान अनमोल उपहार दियौ ।

धन हुनेहरुलाई रमाइलो हुन्छ शहर ।
मन हुनेहरुलाई रमाइलो हुन्छ गाउघर ।
यस्तै-यस्तै आफ्नो खुशीमा बितेकोछ जिन्दगी,
दुखै भएपनि हास्ने हुन्छ सबैको रहर ।।

घमण्डी छौ भन्छ्यौ होला तिम्रो कुरा काटेँ भने
जाली रैछौ भन्छ्यौ होला तिमीसँग ढाँटेँ भने
सम्बन्धको डोरी कसिलो बिश्वासले नै हुन्छ
नकचरो भन्छ्यौ होला जोबन सँगै साटेँ भने।

धन हुनेहरुले सुन लगाइ हिँड्छन्
मन हुनेहरुले गुन लगाइ हिँड्छन्
आफ्नो भनौ खोइ कसलाई यहाँ?
मुटु चिरिएको बेला नुन लगाइ हिँड्छन्।

आफ्नै प्राण ठानेका मान्छे छोडेर गैदिन्छन्।
मन मुटु सबै मानेका मान्छे छोडेर गैदिन्छन्।
यादहरुले हो मान्छेलाई मरेतुल्य बनाउने
र पनि सबै जानेका मान्छे छोडेर गैदिन्छन् ।

हाम्रा सबै सपनाहरू साकार बनाउला
चिनी भन्दा पनि मीठो प्यार बनाउला
तिमी आगो हुँदा म सधैँ पानी बन्नेछु
यसरी नै दुबै मिली घरबार बनाउला।।

मनको कुरा ओठभरी थियो लुकायौ कसरी
भन्देउ न प्रिय दुईथोपा आँसु सुकायौ कसरि

हासीरहने तिम्रो स्वाभाव खुसीमा रम्ने तिमी
आज मेरोसामु ती नजरहरु झुकायौ कसरी?



अनायशै यो मुटु बहकायाे अनि राेएँ
डुब्दाे घामले फेरि झक्झकायाे अनि राएँ
जिन्दगीको लामाे यात्रा तय गर्छु भन्दै थिएँ
हस्तरेखा हेरि मन अक्मकायाे अनि राेएँ!!

त्याे दिल छाडि अन्तैतिर खुल्न गार्‍हो भयाे
रस चुस्दै भमरा झै डुल्न गार्‍हो भयाे
कल्पनामा तिमी अनि सपनामा तिमि नै छाै
त्यसैले त अचेल तिम्लाई भुल्न गार्‍हो भयाे

पानी पोखेर पहिले चित्र बिगारी दियो
आफ्नै नजरमा मैलाई दोषी पारीदियो
सपना जत्तिकै सुन्दर बाटो कोर्दै थिएँ
थोरै चुकें भाग्यले अनि पछारी दियो ।

न निदाउन सक्छु न जाग्न सक्छु
न त आफैसँग म टाढा भाग्न सक्छु
सपनामा उसैलाई सम्झेर बर्बराउँदा
प्रेममा परेको मान्छे पागल लाग्न सक्छु ।

खोजी सके सारा संसार,सम्भब हुदैन !!
भेटिन केही आधार, सम्भब हुदैन !!
हिजो सम्म ठिकै थिए आज बिमार भएको छु ,,
लाग्छ दिलको उपचार,सम्भब हुदैन !

आफैलाई भार हुदोरहेछ आफ्नै वजन पनि ।
जति भए पनि चित्त नबुझ्ने यो मन पनि ।।
उपाय भए सिकाइदेउ चित्त बुझाउन मलाई,
अब त झन भारी लाग्न थाल्यो यो मन पनि ।।

रातको निन्द्रा भगाउने तिम्रो याद
सुनिरहूँ लाग्ने मीठो तिम्रो बात
मिलेर अगि जानेछौ हामी साथसाथ
कहिले पनि छुट्ने छैन हाम्रो मिलनको हात|

मुटुभरी गरिबिको चोट देखेपछी
भाग्य कर्म दुबैतिर खोट देखेपछी
मायाँ त छिनभरमै लिलाम हुदोरहेछ
ठुलाठुला महल अनि नोट देखेपछी !!

आँसु पिएर भए नि माया बाँचिरहन्छ,
साँचो मायालाई मनले साँचिरहन्छ!
मनबाट खुसि जति दुर दुर भएपनि
उनको खुसिमा ओठ हाँसिरहन्छ!

मुटु भित्र नमेटिने ठुलो दाग थियो
दुई टुक्रामा बाँकी आधा भाग थियो
तै पनि कति कठोर भाको, हे दैव !
आधा मुटु फिर्ता दिने उस्को माग थियो

परेलिमा आसु लुकाउदा कस्तो हुन्छ
मनभित्र पिडा सुताउदा कस्तो हुन्छ
रुपहेरि प्रेम सम्बन्ध गास्नेलाई के थाहा
यादमा छट्पटिनुको व्यथा कस्तो हुन्छ।

कत्तिका सपना सिसाजस्तै फुटेको देखेको छु ।
अनि कत्तीको प्रेम सम्बन्ध टुटेको देखेको छु ।
तिमी हाम्रो माया अजम्बरी हुन्छ भन्छेउ कसरी ?
मैले मुना–मदनको त माया छुटेको देखेको छु ।

काटिन मन भै चक्कुमाथि,खस्न मिल्छ कि?
कि त चक्कु नै स्याउ भित्र,पस्न मिल्छ कि?
मेरो कोठा त हरेक रात,मसानघाटजस्तै लाग्छ
आजको रात तिम्रो दिलमा,बस्न मिल्छ कि?

तिम्रो न्यानो अंगालोको राप पाएपछी
मैन पग्लिएसरी पग्लिन्छु म ताप पाएपछी
त्यसैले नजिक नआऊ डर लाग्छ मलाई
अलग हुनै नसक्ला कसिलो बाहुपास पाएपछी

स्वार्थ बिना साथ दिने यहाँ,नाता कहाँ पाईन्छ
फाटे जीवन किताब जस्तै, गाता कहाँ पाईन्छ
बाह्रै महिना मुसलधारे पानी पर्यो जिन्दगीमा
यी आँखाको पानी छेक्ने,छाता कहाँ पाईन्छ

तिम्रो न्यानो अंगालोको राप पाएपछी
मैन पग्लिएसरी पग्लिन्छु म ताप पाएपछी
त्यसैले नजिक नआऊ डर लाग्छ मलाई
अलग हुनै नसक्ला कसिलो बाहुपास पाएपछी

साचो माया गर्छु भनी तिम्ले खोक्दै हिडे पनि
जुनिभरि साथ दिन्छु तिम्ले मलाई भने पनि
के अर्थ भयो र त्यो मायाको झुठो कसम खाएपछि
जान्न अब यो मन त्यता तिमी बिना मर्छु भने पनि।

खुसि भयो अरुकै बन्धकी जस्तै !
यो जिन्दगी लाग्न छाड्यो जिन्दगी जस्तै !
शान्त फेवाताल झै बन्ने मेरो रहर हो ,
तर समयले बनाइ दियो गण्डकी जस्तै !

त्यो मुस्कानभन्दा ठुलो धन कुन होला
तिम्रो नाममा नधड्किने धड्कन कुन होला
एकोहोरो सुनिरहुँ लाग्छ तिमी बोलिरहँदा
आँखामा हेरेर नपग्लिने मन कुन होला ।

मेरा आखाले उज्यालो बिर्सिएको होईन,
मेरा आखा अन्धकार तिर लोभिएका थिए
यी आशु यसै चुहिएका होईनन्,
यहाँ बिस्वासले बिस्वास तोडिएका थिए

बनाएर नयनमा भेरी कोशी के पायौं तिमीले ?
मेरो जिन्दगीमा आगो झोसी के पायौं तिमीले ?
हासो लुट्यौ खुशी लुट्यौ यो जिन्दगी नि लुट्यौ
उल्टै भनी हिड्यौं मलाई दोषी के पायौं तिमीले ?

दुइ चुल्ठो बनाएर गरिकन कोरिबाटि
मेरो साथमा खेल्न आउथ्यौ आमा बालाइ ढाँटि
नि:सन्देह कति मिठो प्यार थ्यो त्यो बेलाको
तर त्यस्तो मायाँ अहिले कहाँ पाउन र खाँटि

थाहा छैन जिन्दगि भिरमा परिन्छकि
यो कोमल मुटुपनि तीरमा परिन्छकि
म आजत दुनिया सामु खुलेर हास्दैछु
समयको खेलमापरि पिरमा परिन्छकि

मुहार भन्दापनि मन मनपर्छ
देखाउने आफ्नो पन मनपर्छ
म नजिक हुँदा जोरले सुनिने
धकधक त्यो धड्कन मनपर्छ ।

मलाई हेर्ने त्यो तिम्रो नजर फेरिएछ॥
छैनौ तिमि त्यहाँ तिम्रो सहर फेरिएछ!
हिजो सम्म थियौ मेरै मुटुसँग नजिक
एकै रातमा आज तिम्रो रहर फेरिएछ!

फिक्का फिक्का थियो जिवन
वाक्क दिक्क थियो जिवन
तिमी आयौ हरियाली छायो
नत्र सुख्खा सुख्खा थियो जिवन

पाउनुभन्दा गुमाउनुको मजा झन् छ
बन्द आँखामा रुनुको मजा झन् छ
अनि आँसु बन्यो शब्द र शब्द बन्यो गजल
अनि त्यो गजलमा तिमी हुनुको मजा झन् छ

अचेल त माया पनि भाग लगाउँदै छौरे
मन पर्ने फुल चुनेर बाग लगाउँदै छौरे
घरमा ऐना त होला?हेर्नु आफ्नै थुतुनो
मेरो चरित्रमा तिमि दाग लगाउँदै छौरे

कहिले काहीँ मोती बनीदिन्छन् आँखाका पानी
बर-बरी झर्दैनन् ऑशु विना कारण जानी जानी
झरी हालेछन् भने तिम्रा आँखा रसाएर कहिल्यै
सहयात्री बनी पुछौंला नि त संकोच केहि नमानी

लजाएर थोरै नयन झुकाएर गई
दिलभित्र त्यो तस्वीर लुकाएर गई
किन काउकुती लाग्दैछ मनमा लौन,
निशंकोच प्रेमको पोको फुकाएर गई !!!



तिम्ले जस्तै मैले पनि सताउनलाई जानेको छु
कसो गर्दा डराउछौ अताउनलाई जानेको छु
भन्छौ अरे सबै सँग भुलि दिए तेस्लाई मैले
नबिर्सने यादहरू पठाउनलाई जानेको छु ।


“जिन्दगी के हो”उन्ले सोधिन ऐना देखाइदिएँ
ति ओठ ति केश अनि ति आँखा देखाइदिएँ
सवाल फेरी उही उठ्यो “इश्वर छ्न् की छैनन्”
चुपचाप चुपचाप मैले मेरो आमा देखाइदिएँ

सुन्छौ सार्‍है अनौठो कहानी छ मेरो ।।
आफुमाथी आफ्नै मनोमानी छ मेरो ।।
प्यारको बदला प्यार अनि चोटको बदला चोट दिएर
जस्तालाई त्यस्तै गर्ने बानी छ मेरो ।।

मलाईजस्तै तिमालाई पनि रून परिरहोस्
आफ्नै नजरमा धोकेबाज हुन परिरहोस्!

क्या अनौठो रैछ यो प्यारको आगो
धुँवा आएन दिल सल्किएर पनि

यस्सो जिन्दगी सम्झन्छु,दिक्क लाग्छ
पर्सको चिल्लर गन्छु, दिक्क लाग्छ
के छ भनि सोध्दा बास्तबिकता लुकाएर
सब एकदम ठीक छ भन्छु, दिक्क लाग्छ ।

म रूँदा तिम्रो आँशु खस्दैन भने
म तड्पिँदा तिम्रो धडकन बढ्दैन भने
कसरी यो माया नै रहिरह्यो
म हुँदा या नहुँदा केहि फरक पर्दैन भने!

तिमीलाइ भुलाउने हर प्रयास असफल भैरह्यो
हार मानेन हृदयले सोहि प्रयास पलपल भैरह्यो
मुस्कुराउँदै भनिथ्यौ तिमीले सँधै मुस्कुराइरहनु
तर तिम्रै यादमा अक्सर नयन टलपल भैरह्यो

जति पढेपनि नबुझिने पुस्तक जस्तो भयौ ।
सामान हेर्ने तर नकिन्ने ग्राहक जस्तो भयौ ।
छाएर मेरो दिलमा,घर बसाउन सकेनौ,
तिमी त घुमेर फर्किने पर्यटक जस्तो भयौ ।

हास्न चाहेर नि आशुमा रुझ्ने बनायो
साच्चै नै समयले सार्है नबुझ्ने बनायो
मनको देउता उसैबाट घात भयो जब
फेरि तेहि निर्जीव मुर्ती पुझ्ने बनायो।

यि यादहरूको एउटै चिहान बनाएर
सबै अब जलाउछु बेनिशान बनाएर
तिम्रा यादहरले परेड खेलिरहन्छन
मेरो निर्दोष छातीलाई मैदान बनाएर

त्यो रुपको घमण्ड , कतिन्जेल लाई हो !!
जवानी को उमङ्ग , कतिन्जेल लाई हो !!!

बेला र बैश त कुकुर का नि आउछन !!!
नया प्रेम प्रसङ्ग , कतिन्जेल लाई हो !!

साना साना कुराले यो मुटुमा ठेस लाग्छ
तिमीलाई भेट्नुभन्दा नभेट्नुनै बेस लाग्छ
म अक्सर एकान्तमा यही कुरा सोच्ने गर्छु
जो हुँदैन भाग्यमा उही किन बिशेष लाग्छ ?

तिमी सामु सारा बेदना पोखु-पोखु लाग्छ।
त्यो ज्यानको माया कति छ जोखु-जोखु लाग्छ।।

जिन्दगिमा आउने गर्छन कैयौं चुनौतिहरु,,
आधी आए’नि मेरै छेउ रोकु-रोकु लाग्छ।।

मलाई आगो मन पर्छ मलाई पानी मन पर्छ।
उतारचढावले सजिएको छ र पो जिन्दगानी मन पर्छ।
अँध्यारो छ र त उज्यालो छ, उज्यालो छ र त छ अँध्यारो,
त्यसैले मलाई रात पछिको सुनौलो बिहानी मन पर्छ।

ब्यर्थ उडीरहने भावनालाइ बहाना लेखिदेउ
यो हृदयको खाममा तिम्रो ठेगाना लेखिदेउ
आउ बिताउँ आज केही प्रेमील पलहरु
त्यो ओठले यो ओठमा निशाना लेखिदेउ ।।

एकोहोरो खुबै हेर्यौ अनि बेर्यौ अङ्गालोमा
नजरैले झ्याप्पै घेर्यौ अनि बेर्यौ अङ्गालोमा
के थियो मनको पिडा मुखलेत खोलिनौ
गहिरो साँस फेर्यौ अनि बेर्यौ अङ्गालोमा !

आएको थिएँ म तुरुन्तै फर्किएर …
जहाँ तिमी छुटेकी थियौ
त्यहाँ केवल तिम्रा पाइलाका डोबहरु थिए, तिमी कतै थिइनौ !!!

No comments:

Post a Comment

Pages